पहिचानवादीहरूले तोडफोड गरे एमाले सचिव भट्टराई सवार गाडी : किराँत राज्यको माग गर्दै नाराबाजी

- मंसिर १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
ताप्लेजुङ ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई चढेको गाडीमा तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौँ फर्किने क्रममा सचिव भट्टराई चढेको गाडीमा पहिचानवादी समूहका कार्यकर्ताले तोडफोड गरेका हुन् । त्यसअघि उनलाई कालो झन्डा देखाइएको थियो । ताप्लेजुङस्थित आफ्नै निवासअगाडि सचिव भट्टराईलाई पहिचानवादीहरुको समूहले कालो झन्डा देखाएका हो ।

एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका भट्टराईलाई कालो झन्डा देखाउँदै पहिचानवादी कार्यकर्ताहरुले उनीविरुद्ध नाराबाजीसमेत गरेका थिए । पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर