आकस्मिक अवतरण : जोखीम मोलेर उडाइदै एयर इन्डियाको विमान
- मंसिर १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शनिबार नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको विमान टेक अफकै क्रममा धावन मार्गमा ठोक्किएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ बजेर २ मिनेटमा उडेको एआईसी २१६ उडान नम्बरको उक्त विमान प्राविधिक समस्या आएको भन्दै पुनः फर्काएर आकस्मिक अवतरण गरिएको थियो ।
प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरी ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको विमानस्थलका प्रवक्ता सुभाष झाले बताएका थिए ।
तर, टेक अफ गर्दै विमानको पछाडिको भाग धावन मार्गमा ठोक्किएको प्राविधिक स्रोतले बतायो । ‘टेल टच भएका कारण विमान यहाँबाट उड्दैखेरि जोखिममा थियो । धन्न सुरक्षितरूपमा आकस्मिकरूपमा अवतरण भयो’, स्रोतको भनाइ छ । ती प्राविधकका अनुसार यस्तो समस्या (टेल टच) आउनुमा सामान्यतया जहाजलाई उडाउने क्रममा सन्तुलन मिलाउन नसक्नु पाइलटको कमजोरीले हुन्छ । विमानमा १२५ जना यात्रु थिए ।
उनीहरूलाई राति होटलमा राखिएको थियो । विमान २२ घण्टादेखि पार्किङ गरेर राखिएको छ । कम्पनीको प्राविधिक टोली आएपछि मर्मत गरेरमात्र पास भएपछि मात्र उडाइनेछ । त्रिभुवन विमानस्थलका प्रवक्ता झाले एयरलाइन्सले सामान्य प्राविधिक समस्यामात्र भनेको बताए । उनले भने’, ‘हामीलाई पनि सामान्य भनेको छ । तर, उड्दै गर्दा ठोक्किएको हो भने थप बुझेर अनुसन्धान गर्छौं’ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले एयरलाइन्सको प्राविधिक समस्याबारे आफूहरूलाई थाहा नभएको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments