चौधरी ग्रुपको धन्दा : समूहका उपाध्यक्ष निर्वाण चौधरीको श्रीमति आश्रयता खेलको आवरणमा अनलाइन जुवा प्रवर्धन गर्दै

- मंसिर ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अनलाइनमार्फत सट्टेबाजी खेल खेलाएको अभियोगमा ६ जनालाई केही दिन अघि नेपाल प्रहरीले प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । अनलाइन ग्यामबलीङ तथा अनलाइन क्यासिनो खेलमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूले विभिन्न सामाजिक सञ्जाल लगायत विभिन्न अनलाइन ग्यामबलिङ प्लेटफर्म प्रयोग गरी अनलाईन मार्फत् रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको साथबाट ल्याप्टप छ थान, राउटर दुई थान, कम्प्युटर तीन थान, मोनिटर दुई थान, सिपीयू एक थान र मोबाइल १४ थान प्रहरीले बरामद गरेको छ ।
तर यो गैरकानूनी धन्दामा नेपालको औधौगिक घराना चौधरी ग्रुपको एक सदस्य नेपालमा खेलको आवरणमा अनलाइन जुवा प्रवर्धन गर्ने कम्पनीको रुपमा सक्रिय रहेको देखीएको छ । दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको आवरणमा चौधरी समूहकी सदस्य आश्रयता कार्की चौधरी अध्यक्ष रहेको कम्पनी अनलाइन जुवा खेलाउने वानएक्सबेटको प्रवर्धनमा संलग्न देखिएको हो।
दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिग दोस्रो संस्करणको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) हो। कम्पनीको अध्यक्ष रहेकी कार्की चौधरी समूहका उपाध्यक्ष निर्वाण चौधरीको श्रीमती हुन्। सो कम्पनीको निर्देशकमा श्रीयंश कार्की छन् भने सिइओ सुदीप शर्मा हुन्।
अखिल नेपाल फुटबल एसोसिएसन(एन्फा)सँग आठ वर्षका लागि सम्झौता गरेर कम्पनीले लिगको आयोजना गरिरहेको छ जसको अन्तर्राष्ट्रिय मिडिया पाट्नर हो नेपालको कानुनले प्रतिबन्ध लगाएको अनलाइन जुवा खेलाउने वानएक्सबेटको सरोगेट साइट वनएक्सन्युज। लिगले सार्वजनिक गरेको विवरणमा वनएक्सडटन्युज लिगको अन्तर्राष्ट्रिय मिडिया पाट्नर भनेर उल्लेख गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर