विभागको सर्भरमा समस्या देखिएपछि अनलाइनबाट नयाँ लिने संस्थागत र व्यक्तिगत श्रम स्वीकृति रोकियो

- मंसिर ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

वैदेशिक रोजगारी विभागमा सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सर्भर मर्मत गर्नुपर्ने भएकाले अनलाइनबाट लिने श्रम स्वीकृति रोकिएको छ । विभागको सर्भरमा समस्या देखिएपछि अनलाइनबाट नयाँ लिने संस्थागत र व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्विकृति लिने जस्ता कार्यहरु आइतवारदेखि रोकिएको विभागले जनाएको छ ।
विभागले एक सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएको बताउँदै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।
विभागका निर्देशक मदन दहालले विभागको डाटा सिंहदरवारमा रहेको एकिकृत डाटा सेन्टरमा (जीआईडीसी) मा फाइल सार्ने काम भइरहेको बताए । उनले सोक्रममा विभागको सिस्टममा नयाँ कागजातहरु अपलोड गर्ने जस्ता कार्यहरु रोकिएको बताए ।
यद्यपि, बाँकी कामहरु भने जारी रहेको उनले बताए ।

‘डाटा सेन्टरमा फाइल सार्ने काम भइरहेकाले विभागबाट हुने आंशिक सेवाहरु हाललाई रोकिएको छ’ उनले भने, ‘अहिले त्यसको मर्मतको काम भइरहेको छ ।’ उनले सम्भवतः सोमबार बेलुकादेखि नै सेवा पुनः सूचारु हुने बताए । केही वर्षयता वैदेशिक रोजगार विभागले अनलाइन माध्यमबाट श्रम र पुनः श्रम स्वीकृतिको सेवा दिदै आएको छ । यो प्रणााली लागूभएसँगै श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीले मुक्ति पाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर