गौशलामा झडप : धर्मगुरु श्रीनिवासको नेतृत्वमा गौशालाको मुल सडक कब्जा गर्दै प्रसाईँको पक्षमा प्रदर्शन
- मंसिर ११, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सोमवार गौशालामा गरेको विरोध प्रदर्शनमा झडप भएको छ । प्रदर्शनकारीहरुले धर्मगुरु श्रीनिवास आचार्यको नेतृत्वमा गौशालाको मुल सडक कब्जा गर्दै प्रदर्शन गरेका थिए । तर, सडक अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेपछि प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको छ ।
प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । आन्दोलनकारी तितरबितर भएका छन् । पक्राउ पर्नेमा धर्मगुरु आचार्य श्रीनिवास पनि छन् । त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनको क्रममा श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।
प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको हो । आन्दोलनकारी तितरबितर भएका छन् । अहिले त्यहाँको अवस्था शान्त रहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments