मनोरञ्जन : आई एम सुवानी – ‘डान्सिङ एनिह्वेर एनिटाइम आइ वान्ट’

- मंसिर ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राग रौस र मानव यी नै मानव जीवनको पहिचान । अझ यसमा मनोरञ्जनका हल्का बिधा थपिँदा झन सुनमा सुगन्ध नै हुन्छ । हुन् त अहिले परिवर्तीत समाजले राग र रौसलाई निकै अगाडी बढाई सकेको छ । तर पनि मानवता आँखा बाट हेर्ने हो भने अझै पनि मानिसहरु समाज प्रतिको उत्तरदायित्व र सामाजिक चेतना कारण आफनो मनले चिताएको सबै कुरा गर्न हिच्किचाउँछ । कारण उसलाई समाज देखी केही थोरैै भएपनि डर छ ।
अब कुरा नृत्य विधाको । यो यस्तो जहाँ पनि जस्को कम्मर हल्लिहाल्छ । चाहे त्यो राम्रो होस् या नहोस् । खाली यो विधाको लागि आफनो भित्रि मनमा खुशीका तरंग मात्र छाउनु पर्छ । अझ कला निकटका व्यक्तिलाई त आफ्नो भावना पोख्ने माध्यम नै हो नृत्य ।

त्यसैले होला गायिका सुवानी मोक्तानले आफू मन लागे जहाँ पनि नाच्न सक्ने भन्दै भिडियो क्लिप्स सेयर गरेकी छिन् ।
‘डान्सिङ एनिह्वेर एनिटाइम आइ वान्ट’ लेख्दै उनले बेइजिङको सडकमा नाचेको भिडियो सेयर गरेकी हुन् । खुसी हुन मानिस कारण खोज्न थालेको अवस्था छ । यस्त्तोमा उनी नाचेर खुसी हुँदैछिन भने के गलत गरिन् र ? खुसी हुनुस् सुवानी जी, जसरी हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर