देउवालाई अभिभावक भएर बस्न आग्रह : टिकट पाउनकै लागि पार्टीमा गुटबन्दीले प्रश्रय पायो – कांग्रेस महामन्त्री थापा
- मंसिर ११, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न आग्रह गरेका छन् ।
आफ्नो उमेर समूहका नेता कार्यकर्ताले सिंगो पार्टीको जिम्मा लिन सक्ने भन्दै थापाले आफूहरुलाई विश्वास गरेर जिम्मेवारी छोड्न देउवालाई आग्रह गरेका हुन् । सोमबार सभापति देउवा पनि सहभागी पार्टीको नवलपुर जिल्ला सम्मेलनमा थापाले भने, ‘यो काँध त्यो जिम्मेवारी बोक्न तयार छ ।’
थापाले पार्टीभित्र गुटबन्दी किन बढेको भन्दै देउवामाथि प्रश्न पनि गरेका छन् । ‘एउटा कार्यकर्ता दिनको ५ /६ घण्टा पार्टी कामलाई दिन्छ । त्यो ५ /६ घण्टामध्ये २ / ३ घण्टा त उसको कुनै गुटको हिसाबकिताव गर्न जान्छ’ थापाले भने ।
टिकट पाउनकै लागि पार्टीमा गुटबन्दीले प्रश्रय पाएको भन्दै थापाले माथिल्लो समितिले टिकट वितरण गर्ने हालको नियम आगामी निर्वाचनदेखि बदल्नुपर्ने बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments