परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाँदै
- मंसिर १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै छन्। हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि मन्त्री साउद मंसिर २३ मा कतार जाने भएका हुन्।
यसअघि मंसिर ८ गते उनले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले त्यसका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।
त्यसअघि मंसिर ७ गते (बिहीबार) मन्त्री साउदले विपिनको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए। परराष्ट्रमन्त्री साउदले बुधबार गृहजिल्ला कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुबाआमासँग पनि भेट गरेका छन्। कतार बसाइका क्रममा उनी दोहा २१औँ फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments