गत वर्ष ३ लाख क्विन्टल धान खरिद किनेको सरकारले यो वर्ष ५ लाख क्विन्टल धान किन्दै
- मंसिर १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सरकारले यो वर्ष ५ लाख क्विन्टल धान किन्ने भएको छ । सरकारी खाद्यान्न भण्डारणमा पर्यप्त मात्रामा धान चामलको जोहो गर्न र किसानलाई उचित मूल्यको प्रत्याभूती गर्न धान खरिदलाई तीब्रता दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
कम्पनीले यस वर्ष एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँको ५ लाख क्विन्टल धान खरिद गर्न सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले जानकारी दिए । गत वर्ष ढिलो धान खरिद गर्दा आलोचना भएपछि यस वर्ष बेलैमा धान खरिद गर्न थालेको र धान खरिदको परिमाण तथा सरकारी रकम पनि बढाइको कम्पनीले जनाएको छ ।
यस वर्ष दशैं लगत्तै प्रक्रिया सुरु गरेर सुदूरपश्चिमबाट धान खरिद सुरु गरेको कम्पनीले जनाएको छ । हाल महेन्द्रनगर, धनगढी राजापुरबाट धान खरिद भइरहेको कम्पनीको भनाइ छ । गत वर्ष ३ लाख क्विन्टल धान खरिदका लागि प्रक्रिया थाले पनि एक लाख ३४ हजमर क्विन्टल मात्रै धान खरिद गरेको थियो । सरकारले गत असारमा तोकेको न्यूनतम सर्मथन मूल्यमै धानको खरिद गरिरहेको कम्पनीले जनाएको छ ।
सरकारले मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको थियो । धान किसानलाई प्रोत्साहन गर्न भन्दै पछिल्लो ३ वषर्न देखि प्रमुख धान खेती सुरु हुनु अगावै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न थालिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments