मध्यपहाडी लोकमार्ग पदयात्रा सुरु हुँदै एमाले

- मंसिर १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एमालेको मध्यपहाडी लोक मार्ग पदयात्रा बिहिबारबाट सुरु हुँदैछ ।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट बिहान साढे ८ बजे मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटन गर्दैछन् । बैतडीकै खोड्पेमा आज सन्देश सभा समेत आयोजना हुनेछ ।

जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू हिजो नै बैतडीको झुलाघाट पुगिसकेका छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्यपहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ ।

एमालेका अनुसार झुलाघाट ९बैतडी० –चिवाभञ्ज्याङ ९पाँचथर० यात्रा तीन साता ९पुस २० सम्म चल्नेछ । एमालेले यो यात्राले मुलुकमा समृद्धिको थप आधार तय गर्ने दाबी गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर