बैंकका अधिकृतको ठग निति : नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाएर बैंकमा विभिन्न आर्थिक गतिविधि
- मंसिर १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
केदारप्रसाद गौतम कृषि विकास बैंकको स्वयम्भु शाखामा शाखा अधिकृतको रुपमा कार्यरत थिए । जहाँ उनले २०७१ असोजदेखि २०७२ असारसम्मको रकम हिनामिना गरेको भेटिएको थियो । गौतमले तेजबहादुर थापा नामले नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाएर बैंकमा विभिन्न आर्थिक गतिविधि गर्ने गरेका थिए । नक्कली राहदानीसमेत बनाएर नेपालबाहिर फरार हुने उद्देश्यले योजनाबद्ध ढंगले गौतमले थापाको परिचय खडा गरेर कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले देखाएको थियो ।
आठ वर्ष नै कैद सजाय पाएका अर्का शाखा अधिकृत कृष्णहरि थापाको पनि यसमा मिलेमतो देखिएको थियो । उनले पनि नक्कली नागरिकता बनाएका थिए । राजीव थापा नामले कृष्णहरिले नागरिकता बनाई केदारसँग मिलेर नक्कली बैंक खाता खोल्ने, भारतमा बसी बैंकमा भएको रकम र हिनामिना भएको रकम व्यवस्थापनमा भूमिका खेलेकोजस्ता आरोप अख्तियारले लगाएको थियो ।
यसरी नक्कली नागरिकता बनाई कृषि विकास बैंकमा जम्मा रहेको रकम लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई विशेष अदालतले सजाय सुनाएको छ । ५ मंसिरमै कसुर कायम भए पनि दोषीलाई बिहीबार सजाय सुनाइएको हो ।
न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले कृषि विकास बैंकमा शाखा अधिकृत रहेका केदारप्रसाद गौतम र कृष्णहरि थापालाई जनही ८/८ वर्ष कैद सजाय सुनाइएको छ । आठजना प्रतिवादी रहेकामध्ये पाँचजना माथि कसुर कायम भएको छ भने तीनजनालाई विशेषले सफाइ दिएको छ ।
मुद्दा दायर भएको चार वर्षपछि फैसला भएको हो । यसैगरी, इजलासले सम्झना पोखरेल गौतम, सन्दीप गुप्ता र सूर्यबहादुर लिम्बूलाई जनही १/१ महिना कैद सजाय सुनाएको छ । सम्झना केदारप्रसादकी श्रीमती हुन् । सम्झना आफ्नो नाममा रहेको जग्गाजमिन बेची भारत जाने तयारीमा थिइन् । अनियमित तरिकाबाट प्राप्त रकम लुकाउने दुराशयपूर्ण उद्देश्य राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएकोमा कसुर ठहर भएको हो ।
यसैगरी, गुप्ताले गौतमले निकालेको रकम अन्य खातामा जम्मा गरिदिने र भारत पु¥याउन सहयोग गर्ने गरेका थिए । अर्कोतिर लिम्बूले पनि वसन्त राई भनी नक्कली नामले किर्ते नागरिकता बनाएको खुलेको थियो । उनले पनि गुप्तालेझैँ गौतमलाई सहयोग गर्ने गरेका थिए ।
यसै मुद्दामा प्रतिवादी बनाइएका भरतबहादुर बानियाँ, जेनी श्रेष्ठ गौतम र सुमन भुजेलले सफाइ पाएका छन् । बानियाँ स्वयम्भु शाखाका तत्कालीन शाखा प्रबन्धक हुन् भने श्रेष्ठ गौतमकी कान्छी श्रीमती हुन् । भुजेल भने गैरकानुनी तवरले आर्जित सम्पत्तिले जग्गा कारोबारसमेतका कार्यमा संलग्न रहेको अभियोग थियो । बिगो तथा जरिवाना भने तोकिएको छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments