हाम्रो सिनेमा : घरेलु बक्स अफिसमा ‘परदेशी २’को ८ करोड हाराहारीमा ग्रस कलेक्सन
- मंसिर १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको समेत चलचित्रमा शीर्ष भूमिकामा रहेको यो चलचित्र ‘परदेशी २’ले प्रर्दशनको ५१औं दिन पार गर्दै छ ।
यो चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको थियो ।
दर्शकको अपार मायाका साथ चलचित्रले प्रदर्शनको लामो यात्रा तय गरेको हो । काठमाडौंसँगै देशका विभिन्न सहरमा चलचित्र बिहीवार ४९ औं दिनमा प्रदर्शनरत छ । काठमाडौंमा अस्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज वानेश्वरमा यो फिल्म प्रदर्शनरत छ ।
त्यस्तै, बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा फिल्म प्रदर्शन भइरहेको निर्माता राजेश वंशलले जानकारी दिए । फिल्मले आम्दानी पनि राम्रो गरेको छ । घरेलु बक्स अफिसमा चलच ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माता वंशलले बताए ।
मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध रहेको चलचित्रलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् । नेपालका दर्शकमाझ रुचाइएको फिल्मको विदेश प्रदर्शन सुरु भइसकेको छ । यो फिल्म यूएई, कतार, इराक, ओमान, बहराइनलगायतका मध्यपूर्वका देशमा प्रदर्शनमा आइसकेको छ । कुवेतमा केही दिनमा प्रदर्शनमा आर्उँदैछ । माल्टामा यो फिल्मले दर्शकको निकै राम्रो माया पाइसकेको छ ।
अमेरिकाको विभिन्न सहरमा चलचित्रको प्रदर्शन सुरु भएको छ । निर्देशक रायमाझी स्वयंम नै यतिबेला चलचित्र प्रदर्शनका लागि अमेरिका पुगेका छन् । फिनल्याण्ड र स्पेनको बार्सिलोनामा यो फिल्म प्रदर्शन हुने क्रममा छ । जापानका केही सहरमा फिल्म प्रदर्शन तय भएर प्रचारप्रसार सुरु भइसकेको छ ।
कोरियामा डिसेम्बर ३ बाट चलचित्र प्रदर्शनमा आउँदैछ । अस्ट्रेलिया, यूके, हङकङ, न्यूजल्याण्ड, क्यानडासँगै भारतमा समेत चलचित्र प्रदर्शन हुने तयारीमा रहेको निर्माता वंशलले जानकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments