उच्च अदालतको आदेश : अकुत सम्पत्तिको मनोदशा पाल्नेहरुलाई राम्रो सबक
- मंसिर १५, २०८० मा प्रकाशित
काठमाडौं ।
एक साता अघि आन्दोलनलाई जारी राख्ने भन्दै जसरी प्रेस सम्मलेन गरे त्यस लगत्तै दुर्गा प्रसाई सरकारको अघोषित नजरबन्दमा परे । भने उनका कार्यकर्ताहरु खोरमा । ‘व्यवस्था परिवर्तन नभएसम्म प्रसाईँको प्रर्दशन जारी रहला त ? भन्ने मेरो प्रश्नको उत्तर आउन समय लाग्ने पक्कै छ ।
जसै अहिले उपत्यकामा चिसोले राम्रै बास बस्न थालेको छ । बजारमा मानिसहरुको उपस्थिती पनि पातलिन थालेको छ । जाडोको बेग त आफनो स्थानमा छँदै छ । तर त्यसमाथि तातो पनि थपिएको छ । ठंडा मौसममा तातो थप्ने काम भने उच्च अदालत पाटनले गरेको छ । केही दिन अघि मात्र कांग्रेसका सभापति शेरबहादुर देउवाले आफना विश्वासीला पात्र बालकृष्ण खाँणले न्याय पाउने भन्दै एउटा मञ्चमा भनेका थिए ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि हाललाई खाँण थुनामै राखीने भएको छ । अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने बताइएको छ । हुन् त ढिलो चाँडो यो फैसला भै हाल्छ । हेरौ खाँणले न्याय पाउँछन् कि कठघरामा जान्छन् ।
अहिले फेरी चर्चामा रहेका अर्का पात्र हुन् प्रसाईँ उनको गतिबिधिले गर्दा राजनीतिक दलहरुको हावा फुस्किएको हो कि जस्तो पनि लाग्छ ।
तर यस्तै प्रश्नमा कांग्रेस सभापति देउवाले भने– ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं ।’ त्यो पनि राम्रै हो । राजनीति गर्ने मानिसमा अत्तालिने होइन कि समय कुर्नु नै ठूलो कुरा हो । आफनो जीवनभरको राजनीतिमा समयलाई कुरेर यहाँ सम्म आइपुगेका राजनीतिक दलका नेताहरुको चर्तिकलाले भने प्रसाईँ पथलाई उचालिरहेको भान हुन्छ ।
अहिले शहरका प्राय चोकका होटल,लज, सोमरस स्थल देखी चिया नास्ताको बेला गाइने एउटा गीत भएका छन् प्रसाईँ । प्रसाईँले आमन्त्रण गरेका मानिसहरुको चहल पहल बढ्दो छ ।
बाहिर प्रहरीको पहरा भएपनि होटल वा लज भित्र भने प्रसाईँको राज चलिरहेको छ ।देशका ठूला गणतन्त्रवादीहरु प्रसाईँको नाटकलाई दर्शक बनेर हेरीरहेका छन् । जे होस् चिसो मौसमलाई राजनीतिक दल र प्रसाईँ प्रवृतिले केही गर्माएकै छ । भने अब अकुत सम्पत्तिको मनोदशा पाल्नेहरुलाई भने सम्पत्ति आर्जन गर्नु अगाडी एक पटक सोच्नुपर्ने अवस्था पनि आएको छ । किनकी राज्यमा कानून छ र कानून भन्दा माथि कोही छैन् भन्ने कुरा प्रमाणित भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments