९ जना थुनामै – को को छुटे ? कति कति धरौटी राखे ? (नामावली सहित)
- मंसिर १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले शुक्रबार आदेश गरेको छ । मंसिर ५ गतेदेखि भएको निरन्तर सुनुवाइपछि शुक्रबार उच्च अदालतले ९ जनालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले प्रतिवादीहरु टेकनारायण पाण्डे, डा.इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको हो ।
त्यसैगरी काठमाडौँ जिल्ला अदालतले थुनामै राख्ने आदेश दिएका प्रतिवादीहरु नरेन्द्र केसीसँग १० लाख, हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियासँग १० लाख, सन्दीप रायमाझीसँग ३० लाख, टेकनाथ रिजालसँग १५ लाख र रामशरण केसीसँग १५ लाख धरौटी माग गरेको छ ।
उच्च अदालतले माग गरेको धरौटी बुझाएमा उनीहरु थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् । त्यसैगरी काठमाडौं जिल्ला अदालतले धरौटी लिई थुनामुक्त गरेको लक्ष्मी महर्जन र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्नेलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । त्यसैगरी पहिले थुनामा पठाइएका आशिष बुढाथोकी र टंक गुरुङलाई पनि साधारण तारेखमै रिहा गर्न आदेश दिएको छ ।
प्रतिवादी बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेश्रो न्यायाधीशको इजलासमा सुनुवाइका लागि पेश गर्ने आदेश भएको छ । तेश्रो न्यायाधीशको आदेशपछि खाँण धरौटीमा छुट्ने वा थुनामै रहने भन्ने आदेश हुनेछ ।
१० दिन लामो निरन्तर सुनुवाइपछि उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गरी शुक्रबार आफ्नो आदेश सुनाएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले यस प्रकरणमा गत असार १ गते आफ्नो आदेश सुनाएको थियो ।
उच्च अदालतको आदेश
१. टेकनारायण पाण्डे- थुनामै
२. डा.इन्द्रजित राई -थुनामै
३. टोपबहादुर रायमाझी- थुनामै
४. केशवप्रसाद दुलाल -थुनामै
५. सानु भण्डारी -थुनामै
६. सागर राई -थुनामै
७. गोविन्दकुमार चौधरी -थुनामै
८. सन्देश शर्मा- थुनामै
९. आङटावा शेर्पा -थुनामै
१०.नरेन्द्र केसी- १० लाख धरौट माग
११. हरिभक्त महर्जन- १५ लाख धरौट माग
१२.शमशेर मिया -१० लाख धरौट माग
१३. सन्दीप रायमाझी -३० लाख धरौट माग
१४. टेकनाथ रिजाल -१५ लाख धरौट माग
१५. रामशरण केसी -१५ लाख धरौट माग
१६. लक्ष्मी महर्जन साधारण तारेख
१७. आशिष बुढाथोकी साधारण तारेख
१८. टंककुमार गुरुङ साधारण तारेख
१९. केशव तुलाधर साधारण तारेख
२०. बालकृष्ण खाँण राय बाझिएको
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments