छोराले मारे बुबालाई : टाउकोमा लाठी प्रहार भएपछि ठाउँको ठाउँ ढलेका छेवाङको घटनास्थलमा मृत्यु

- मंसिर १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

उत्तरी रसुवामा मादक पदार्थ सेवन गरेर छोराले बुबा सँग झगडा गरि ६५ वर्षे (बुबा) छेवाङ तामाङलाई लाठी प्रहार गरि मारेका छन् । लाठी प्रहार भएपछि ठाउँको ठाउँ ढलेका छेवाङको घटनास्थलमा मृत्यु भएको थियो ।
परीक्षणका लागि शव रसुवा अस्पताल पु¥याइएको र ४० वर्षीय गोपाल तामाङ (छोरा)लाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर