विश्व सेरोफेरो : पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु
- मंसिर १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
इस्लामावाद ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना प्रान्तको खैबर जिल्लामा भएको हो । बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले सो टोलीलाई निशाना बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीको विज्ञप्ति अनुसार प्रहरीको जवाफी कारबाहीमा आतङ्ककारीको मृत्यु भएको हो । फरार अपराधीहरूलाई पक्राउ गर्न सो क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पोलियो टोली सुरक्षित रहेको छ भने बालबालिकालाई पोलियो खोप खुवाउने अभियान अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
(रासस / सिन्ह्वा)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments