•  १२ पुष २०८१, शुक्रबार

भिम थापाको निधन : नेपाली फुटबलमा अपूरणीय क्षति

- मंसिर १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली फुटबलमा अत्यन्त महत्वपूर्ण योगदान पुराएका नेपाली राष्ट्रिय फुटबल टीमका पुर्ब प्रशिक्षक तथा पुर्ब राष्ट्रिय खेलाडी भिम थापाको निधन भएको छ ।
थापाको निधनले नेपाली फुटबलले अपूरर्णीय क्षति व्यहोरेको छ। नेपाली फुटबलमा योग्य प्रशिक्षकको दर्जामा रहेका थापाले नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेको थिए। अखिल नेपाल फुटबल संघ (एन्फा)मा को कार्यकालमा टेक्निकल डाइरेक्टर को रुपमा लामो समय काम गरेका थापाले नेपाली फुटबलको बिकासमा लामो योगदान दिएका थिए ।

मेहनती अनुशासित र खेलाडीहरू लाइ सदैव माया गर्ने बानी भएका थापाको निधनले फुटबलले अपूरणीय क्षति व्यहोरेको छ ।
थापाले सन् १९७१ मा जापानमा भएको एसियन च्याम्पियनसिपमा नेपाली टोलीबाट प्रतिनिधित्व गरेका थिए । उनले न्यूरोड टिम (एनआरटी), ठमेल र महावीर क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
खेल जीवन पनि उनी एन्फाको सहायक महासचिव बनेका थिए । एन्फा एकेडेमीको मुख्य योजनाकारमध्ये थापा थिए । उनले पटक पटक राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेका थिए । उनलाई नेपाल खेलकुद पत्रकार मन्चले २०७० सालमा लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर