अल्ट्रा धाविका रशिलाले जितिन एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि
- मंसिर १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि जितेकी छन् ।रशिला शनिबार भएको दौडमा महिला ७७ किलोमिटरको निर्धारित दूरी १२ घण्टा २५ मिनेट ५२ सेकेण्डमा पूरा गरिन् । यो दौड जित्ने रशिला पहिलो नेपाली धाविका समेत हुन् ।
बेल्जियमकी भान्जा कनोप्स निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गर्दै दोस्रो हुँदा फिलिपिन्सकी एन्जेली काबालो तेस्रो भइन् । उनले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् ।
रशिलाले पछिल्लो समयम अन्तर्राष्ट्रिय स्तरमा अल्ट्रा रेसहरुमा प्रतिस्पर्धा गर्दै आएकी छन् । जसमा उनले पोडियम फिनिस पनि गरिरहेकी छन । गत महिना मात्रै मलेसियामा आयोजना भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो भएकी थिइन् ।
रशिलाले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रा रेसमा नियमितजसो सहभागिता जनाउँदै आएकी छन् । भाग लिएका अधिकांश दौडमा शीर्ष तीन भित्र पर्न सफल रशिलाले चीनमा भएको जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिभल र हिमालयन आउटडोर, ४२ किमीको एभरेष्ट म्याराथन, स्विट्जरल्याण्डमा भएको यूटीएमआरमा लगायतमा पहिलो भइसकेकी छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments