द ग्रेट कर्णाली क्वेस्ट : २ सय ४८ किलोमिटर र्‍याफ्टिङ दौड प्रतिस्पर्धा

- मंसिर १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अन्तर्राष्ट्रिय स्तरको सवैभन्दा लामो र्‍याफ्टिङ दौड प्रतिस्पर्धा ‘द ग्रेट कर्णाली क्वेस्ट’ कर्णाली नदीमा आयोजना हुने भएको छ ।

नेपाल एसोसिएन अफ र्‍याफ्टिङ एजेन्सिज ९नारा०, नेपाल नदी संरक्षण संस्था र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानले आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ‘द ग्रेट कर्णाली क्वेस्ट’ आगामी मार्च ८ देखि १३ सम्म कर्णाली नदीमा आयोजना हुने जनाएको हो ।

‘द ग्रेट कर्णाली क्वेस्ट’ अन्तर्गत दैलेखको आठविसकोट नगरपालिको रामक कर्णालीबाट कैलाली जिल्लाको दौलतपुरघाटसम्म पुग्दा २ सय ४८ किलोमिटरको दूरी पार गर्ने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष एवं द ग्रेट कर्णाली क्वेस्टका संयोजक मेघ घलेले जानकारी दिए ।

प्रतियोगीतामा १६ टोलीका लागि आवेदन खुल्ला गरिएको र प्रत्येक टोलीको दर्ता शुल्क ४५० अमेरिकी डलर रहेको उनले बताए । प्रतिस्पर्धामा सहभागी भई टिमले आफ्नो क्षमता परीक्षण गर्ने, आफ्नो टिमवर्क, सहनशीलता प्रदर्शन गर्ने र विश्वका उत्कृष्ट र्‍याफ्टिङ टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर