कासिन न्यूज,
काठमाडौं ।
सोमालियाको मध्य भागमा पर्ने हल्गान शहरनजिकै आइतबार बिहान सोमालियाली राष्ट्रिय सेनाले गरेको संयुक्त कारबाहीमा ६० जना अल–शबाब लडाकू मारिएका छन् । झडपमा कैयौँ घाइते भएका छन् । सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मध्य सोमालियाको क्षेत्रमा आक्रमण गर्न पुनः समूहबद्ध भएका अल–शबाब लडाकू र उनीहरूका कमान्डरलाई लक्षित गरी उक्त कारबाही गरिएको हो ।”
मन्त्रालयले भनेको छ, “सोमालियाली सेना र अन्तर्राष्ट्रिय साझेदारहरूले त्यस क्षेत्रमा धेरै आतङ्कवादी अखडा र हतियारहरू पनि नष्ट गरेका छन् । सेनाले अझै पनि घटनास्थलबाट भागेका आतङ्ककारीहरूको खोजी गरिरहेको छ ।” अल–शबाब समूहले पछिल्लो सैन्य कारबाहीबारे कुनै टिप्पणी गरेको छैन । सोमालियास्थित अफ्रिकी सङ्घ मिसनको सहयोगमा सोमालियाली सरकारी सेनाले सन् २०११ मा अल–शबाबलाई मोगादिशुबाट लखेटेको थियो ।
यद्यपि, आतङ्कवादी समूह अझै पनि सरकारी प्रतिष्ठान, होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थललाई लक्षित गरी आक्रमण गर्न सक्षम छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments