कासिन न्यूज,
काठमाडौं ।
ललितपुर सिटीलाई बराबरीमा रोक्दै वीरगञ्ज युनाइटेडले नेपाल सुपर लिगमा अंकको खाता खोलेको छ । मंगलबार भएको खेलमा वीरगञ्जले ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको हो । बराबरीसँगै वीरगञ्जले एक अंक जोडेको छ । ललितपुरको भने यो लगातार तेस्रो बराबरी हो र उसको ६ अंक भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता वीरगञ्जले नै लिएको थियो । उसका लागि १०औं मिनेटमा विलियम ओपोकुले गोल गरे । तर त्यो अग्रता धेरैबेर टिकेन । १३औं मिनेटमा इमोन इकेजेले वान भर्सेस वानमा बराबरी गोल गरे । ३९औं मिनेटमा निखिलले गोल गरेपछि पहिलो हाफमा ललितपुरले २–१ को अग्रता बनायो ।
तर दोस्रो हाफको सुरुमै वीरगञ्जले गोल फर्कायो । विलियम ओपोकुले करिव ३५ यार्डबाट हानेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो, जुन बललाई कृपाकान्त चौधरीले गोलमा परिणत गरे । ललितपुरले खेलमा फर्किने प्रयास नगरेको होइन, तर गोल गर्न सकेन । अन्तिम मिनेटमा कप्तान अनन्त तामाङले हानेको फ्रि किक वीरगञ्जका कप्तान समेत रहेका गोलकिपर दीप कार्कीले पञ्च गरेर गोल बचाएपछि वीरगञ्जले १ अंक सुनिश्चित गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments