एसीसी एसिया कप क्रिकेट : भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य
- मंसिर १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी १९ वर्षमुनिको एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको बताएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मंगलबार गरेको बिदाइ कार्यक्रममा कप्तान खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने लक्ष्य रहेको बताएका हुन् ।
१९ वर्षमुनिको एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको समूह ‘ए’ मा छ । नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको १९ वर्षमुनिको टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्याउन आतुर रहेको बताए । राष्ट्रिय टोलीले पनि राम्रो गरिहेको र आफूहरू पनि हरेक खेलमा ध्यान दिएर अगाडि बढ्ने उनको भनाई छ ।
भारत र पाकिस्तानसँगको खेलमा राम्रो रन बनाउनु वा विकेट लिनु युवा टोलीका लागि राम्रो अवसर रहेको उनको भनाइ छ । १९ वर्षमुनिको एसिया कप यही शुक्रवारदेखि पुस १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments