गुट -उपगुटको दौड सुरु : कांग्रेसमा कलाकार देखी परराष्ट्र विद् सम्म राष्ट्रिय सभाको उम्मेदवारको आकांक्षी
- मंसिर २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अहिले नेपाली कांग्रेस भित्र चुनावी दौडले छुन थालेको छ । कांग्रेसका शिर्ष नेताहरु राष्ट्रिय सभाको रिक्त २० सिट मध्ये १९ सदस्यको निर्वाचनमा आफनो नाम समावेश गराउन शिर्ष नेताहरु ठूलै प्रतिस्पर्धा चल्न थालेको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ६ दल मिलेर उम्मेदवार उठाउने तयारीमा रहेको देखिन्छ। १९ सिटमध्ये ठुलो दलको हैसियतमा कांग्रेसले ६ सिटसम्म पाउन सक्छ। ती सिटमा आफ्नो नाम पार्न कांग्रेसमा नेताहरूबिच प्रतिस्पर्धा सुरु भइसकेको छ। पार्टीभित्रको गुट र उपगुटलाई सिट बाँड्दा संस्थापन समूहसँग थोरै सिट बस्छ। तर आकाङ्क्षी धेरै देखिएका छन्।
राष्ट्रिय सभामा जान कलाकार निर शाह समेत सक्रिय भएका छन्। दरबारिया पृष्ठभूमिका उनी कांग्रेसमा आबद्ध भएदेखि नै कुनै लाभको पद नपाएको भन्दै कलाकारको प्रतिनिधिका रूपमा राष्ट्रिय सभामा जान सक्रिय छन्।
उनीबारे पार्टी सभापति देउवाले सकारात्मक या नकारात्मक केही जवाफ दिएका छैनन्। तर कांग्रेस नेतृ तथा देउवापत्नी आरजु राणा देउवाले भने उनलाई बागमतीबाट राष्ट्रिय सभा सदस्य बनाउन जोड लगाइरहेकी छिन्। उता संस्थापन समूहबाटै बागमतीबाट सदस्य बन्न अरुण सुवेदी समेत सक्रिय छन्। आर्थिक तथा परराष्ट्रको अनुभव रहेको र अहिले सरकार यी दुबैपक्षमा कमजोर रहेको भन्दै उनी उम्मेदवार बन्न सक्रिय रहेको जानकारस्रोतले बतायो। उनी देउवा प्रधानमन्त्रीहुँदा उनको परराष्ट्र सल्लाहकार समेत थिए।
उता संस्थापनइतर समूहबाट मंसिर ४ को निर्वाचनमा टिकटबाट वञ्चित गराइएका मिनेन्द्र रिजाल सक्रिय देखिएका छन्। पार्टीभित्र संस्थापनइतर समूहभित्र समेत अहिले शेखर कोइराला र गगन थापाको अलग्ग भइसकेका छन्। गगन समूहमा अहिले विश्वप्रकाश शर्मा अनि प्रदीप पौडेल लगायतका नेता देखिएका छन्। उनको समूहका आकाङ्क्षी खुलेका छैनन्।
उता शशाङ्क र प्रकाशमान सिंहले समेत राष्ट्रिय सभामा एक जना आफ्नो समूहको लैजाने प्रयासमा रहेका छन्। कांग्रेस गण्डकी प्रदेशको अध्यक्ष रहेका शुक्रराज शर्मा प्रदेशको समानुपातिकमा पहिलो नाम रहे पनि सांसद हुन पाएनन्। उनी शशाङ्क समूहबाट उम्मेदवार हुन सक्ने सम्भावना रहेको जानकारस्रोतले बतायो।
पश्चिमबाट अर्जुनबहादुर सिंह इच्छुक देखिएका छन्। मधेसबाट आनन्द ढुंगाना पनि प्रतिस्पर्धामा देखिएका छन्। उता मधेसबाट देउवाको प्राथमिकताको सूचीमा अनिल रुंगटा रहेको विश्वस्तस्रोतले बतायो। भक्तपुरका मदनकृष्ण श्रेष्ठ समेत राष्ट्रिय सभा उम्मेदवार हुने प्रतिस्पर्धामा देखिएका छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments