एनसेल नामको हाउगुजीबाट तर्सिएको नेपालको राजनीतिक र प्रशासनिक बजार

- मंसिर २२, २०८० मा प्रकाशित


काठमाडौं ।
‘म के कुरा दाबाका साथ भन्न सक्छु भने एनसेलको सन्दर्भमा जे कुरा भएको छ, रातारात भएको होइन, राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभई यो कुरा भएको छैन’ यो भनाई थियो नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको ।
अहिले नेपाली राजनीतिक देखी आर्थिक बजारलाई एनसेल नामको हाउगुजीले सताइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एनसेलको नाममा भएको कुनै पनि आर्थिक हिनामिनालाई छोडिने छैन् भन्दै छन् भने आम जनताको आशंका अर्कै छ । आम जनता भने अहिले गठित समितीको नामावली हेर्दा अपराधीलाई उम्काउने नै देख्न थालेको छ ।
एनसेलको बजार मूल्यभन्दा न्यून मूल्यमा कारोबारको सहमति बनेपछि देशव्यापीरुपमा चिन्ता बढ्दै गइरहेको छ । यही बिचमा सांसदहरुले एनसेललाई सरकारले नै किनेर सञ्चालन गर्नुपर्ने बहस छेडेका छन् ।
एनसेल नामको यो हाउगुजी नेपालको आर्थिक उन्नतिको लागि के कार्य गर्यो । त्यो पनि अहिलेको एउटा सोच्ने पाटो हो । देशलाई बुझाउनु पर्ने करलाई छलि गरि आफना व्यक्तिगत र व्यापारिक फाइदाको स्थापना गरिएको यस्ता विदेशी कम्पनिलाई अहिले निरुत्साहीत गर्नुको साटो समितिको नाममा एनसेललाई राहत दिन खोजीएको भन्ने कुरा जगजायरले बुझ्ने कुरा हो । अहिले देशको आर्थिक पाटो कहाँ छ ।

त्यो पनि सरकारको नेतृत्वमा रहेकाहरुलाई थाहा नभएको कुरा होइन । एनसेलले नेपाललाई कति घाटा लगाएको छ । भन्ने कुरा बिगत देखी अहिले सम्म राजनीतिक चलखेलमा लागेर सरकार चलाउनेहरुलाई थाहा नहुने कुरा पनि होइन ।
बाहिर एनसेलले डुबायो । एनसेलले राज्यको कर तिरेन भनेर बाहिर हौवा फैलाउने भित्र भने एनसेलको भण्डारमा आफूलाई लुटपुटाउने निति राजनीतिक देखी प्रशासनिक बृत्तमा पैदा भएको कारण अहिले एनसेलले आफनो मनोमानी गरिरहेको भन्दा फरक पर्ने छैन ।
यसरी विदेशी प्रदायक कम्पनिलाई नेपाली सञ्चार माध्यममा मनोपली गर्ने देखी कर नर्तिने बनाउनेमा राज्य नै ठूलो जिम्मेवार निकाय हो । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभई यो कुरा भएको भन्ने कुरा कटु सत्य हो । यदी साच्चै एनसेललाई लाइन ल्याउने हो भने सांसदहरुले छेडेको एनसेलको स्वामित्व सरकारले लिएर चलाउनु पर्ने भन्ने आवाजलाई कार्यान्वयन तिर अब सरकार लाग्नु पर्ने अवस्था आइसकेको छ । नत्र भने एनसेल नामक हाउगुजीले नेपालको अर्थतन्त्रलाई समुन्द्रमा डुबाउने दिन टाढा छैन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर