म्यानपावर व्यवसायी घलेको सुन : कार्यालयका प्रमुखलाई आएको सूचनाका आधारमा दुई दिनको मेहनतपछि १४ किलो सुन र ल्याउने व्यक्ति पक्राउ परे
- मंसिर २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शुक्रवार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पत्रकार सम्मेलनका क्रममा प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले एउटा रहस्य खोले । उनले दिएको प्रतिक्रियामा यदि विमानबाट ओर्लने बित्तिकै चन्द्रलाई नियन्त्रणमा नलिएको भए सुन नभेटिन पनि सक्थ्यो ।
पत्रकार सम्मेलनका क्रममा पाण्डेले भनेका थिए, ‘हामीलाई आएको सूचनाका आधारमा बुधवार रातभर खट्दा पनि व्यक्ति र सुन फेला परेन । तर हामी थाकेनौँ । बिहीबार फेरि हामीले अपरेसन जारी राख्यौँ र म आफैँ फिल्डमा खटिएँ । सूचनाबारे हामी एक दुई जनालाई मात्रै जानकारी थियो ।
बिहीबार पक्राउ परेका व्यक्ति विमानबाट ओर्लने बित्तिकै हामीले वाक थ्रुमा नियन्त्रणमा लियौँ । अन्यत्र कतै जान नदिई कसैसँग भेट गर्न नदिएका कारण हामीले उनलाई सुनसहित पक्रन सफल भयौँ ।’
सुन्दा अचम्म लाग्छ, व्यक्तिले ल्याएको १४ किलो सुन विमानस्थलबाट बाहिर निस्कने बेलासम्म कसरी गायब हुन सक्छ त ? के साँच्चै चन्द्रलाई विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा नलिएको भए १४ किलो सुन गायब हुन सक्थ्यो त ? तर केही तथ्य र पक्राउ परेका चन्द्र घलेले दिएको प्रारम्भिक बयानले भने यस्तै बताउँछ । विमानस्थलका प्रमुख भन्सार प्रशासक पाण्डेले भनेको जस्तै यदि विमानबाट ओर्लने बित्तिकै चन्द्रलाई नियन्त्रणमा नलिएको भए उक्त सुन एक्सरे मा नभेटिने निश्चितजस्तै रहेको तथ्य खुलेको छ ।
बिहीबार राती चन्द्र घलेलाई नियन्त्रणमा लिने अपरेशनमा खटिएका एक प्रहरी अधिकृतका अनुसार यदि चन्द्रलाई विमानबाट ओर्लने बित्तिकै पक्राउ नगरिएको भए उनले सुन लुकाउने योजना बनाएको पाइएको छ । ती प्रहरी अधिकारीको अनुसार चन्द्रले आगमन कक्षको डस्टबिन (फोहोर फाल्ने ठाउँ)मा सुनको ज्याकेट नै फालेर बाहिर फोहोर उठाउनेसँग लिने योजना रहेको पाइएको हो । तर थप केरकार गरेपछि उक्त सुन मीनबहादुर घलेको भएको बतायो । त्यसपछि हामीले तत्कालै मीन घलेलाई पनि पक्राउ ग¥यौँ ।’
ती प्रहरी अधिकारीका अनुसार मीनबहादुरले यसअघि पनि फोहोर उठाउने व्यक्तिसँग पटक पटक सुन लिएको चन्द्रले बयान दिएका छन् । पहिले पनि त्यसैगरी सुन ल्याएर डस्टबिनमा फालेको र उक्त सुन मीनबहादुरले बाहिरबाट लिने गरेको चन्द्रले प्रारम्भिक बयानमा बताएका छन् ।
चन्द्र र मीनबहादुर दुवैको घर गोरखाको बारपाक रहेको छ । मीनबहादुर घले म्यानपावर व्यवसायी रहेको र पटक पटक दुबई लगायतका खाडी मुलुकमा जाने आउने गरिरहने चन्द्रले बताएका छन् । चन्द्रले हालसम्म कति पटक त्यसरी सुन ल्याएका छन् भन्ने विषयमा भने जानकारी दिएका छैनन् ।
बिहीबार राति फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट काठमाडौँ उत्रिएका गोरखाका चन्द्र घलेको साथबाट भन्सारका कर्मचारीले ७ वटा बिस्कुटमा रहेको १४ किलो सुन बरामद गरेका थिए । भन्सार कार्यालयका प्रमुखलाई आएको सूचनाका आधारमा दुई दिनको मेहनतपछि १४ किलो सुन र ल्याउने व्यक्ति पक्राउ परेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments