•  ११ पुष २०८१, बिहीबार

खेल / क्रिकेट : एसिसी यू–१९ एसिया कप – उत्तमथापा मगरको अर्धशतकमा नेपालले पाकिस्तानलाई १ सय ५३ रनको मध्यम लक्ष्य दियो

- मंसिर २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

विकेटकिपर उत्तमथापा मगरको अर्धशतकमा नेपालले एसिसी यू–१९ एसिया कपमा पाकिस्तानलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा १ सय ५२ रनमा अल आउट भयो ।
नेपालका उत्तम थापा मगरले ७६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । यू१९ अन्तर्राष्ट्रिय क्रिकेटमा उत्तमको यो दोस्रो अर्धशतक हो । उनले यसअघि दुई महिना अघि एसिसी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध पनि अर्धशतक हानेका थिए ।
एक समय ४६–५ को अवस्थामा पुगेको नेपाललाई उत्तम र दीपेशले छैटौं विकेटका लागि १ सय बलमा ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दीपेश ५९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।
नेपालले ओपनर विपिन रावललाई ७ रनमा गुमाएको थियो । तीव्र गतिका बलर आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट हुन पुगेका थिए ।

अर्का तीव्र गतिका बलर उबेद शाहले आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठीलाई ६ रनमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई दोस्रो सफलता दिलाएका थिए । कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् । मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए ।
अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रनमा क्याच आउट भए । तीव्र गतिका बलर मोहम्मद जिशानको १६ औं ओभरको अन्तिम बलमा अर्जुन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भए ।
गुलशन स्पिनर अली असफन्दको १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । सिनियर टोलीबाट खेली सकेका गुलशनले ४ बल खेल्दा १ रन बनाए । गुलशन आउटसँगै नेपाल समस्यामा थियो । विशाल विक्रम केसी ९ बलमा १ रन बनाउँदै क्याच आउट भए ।
पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ९.२ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ६ विकेट लिए । अमिर हसनले १० ओभरमा २ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । उबेद शाह र अली असफन्दले समान १ विकेट लिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर