कम्युनिस्ट पार्टी सँगको गठबन्धनलाई निरन्तरता दिए विस्तारै कांग्रेस नै सकिने : नेता डा.कोइराला
- मंसिर २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कम्युनिस्ट पार्टीसँगको गठबन्धनलाई निरन्तरता दिए विस्तारै कांग्रेस नै सकिने बताएका छन् । शुक्रबार काठमाडौंमा रीता शाहीद्वारा लिखित चिनारी नामक गजल संग्रह विमोचन गर्दै नेता काइरालाले लोकतान्त्रिक पार्टीसँग मात्र गठबन्धन हुने भन्दै कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई अघि बढाए पार्टी विस्तारै सकिँदै जाने बताएका हुन् । उनले अहिलेको व्यवस्थामा गठबन्धन आवश्यक भएपनि चुनावपछि मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले अहिलेको अवस्थामा देश परिवर्तन गर्ने हो भने कांग्रेसलाई परिवर्तन गर्नुपर्ने उल्लेख गरे । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वादविवाद हुनु स्वभाविक भएको उनको भनाइ छ । कोइरालाले भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन नसक्ने र जनताको निराशालाई आशामा रुपान्तरण गर्न नसक्ने धारणा राखे ।
त्यस्तै कांग्रेस नेता रमेश लेखकले अहिलेको जनतामा देखिएको असन्तुष्टिप्रति पार्टी गम्भीर हुनुपर्ने बताए । उनले संविधान र व्यवस्थामाथिको असन्तुष्टिले अर्को गम्भीर दुर्भाग्य हुनसक्ने चिन्ता व्यक्त गरे । नेता लेखकले कुनै पार्टीको बहुमत नआउने विद्यमान समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments