नेपाली सेना र भारतीय सेनाका फौज सम्मिलित संयुक्त अभ्यास सम्पन्न

- मंसिर २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्यकिरण संयुक्त अभ्यास सम्पन्न भएको छ । गत मङ्सिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको हो । नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको सो सूर्यकिरण संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापमा आधारित थियो ।

नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यस अभ्यासको १७ औँ संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट सहायक रथी सानुकाजी थापा खटिएका थिए । अभ्यास समापनपश्चात् शुक्रबार नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर