स्पोर्टिङ इलामले धनगढी एफसीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो
- मंसिर २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सुपर लिग (एनएसएल) मा अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलामले धनगढी एफसीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । पहिलो हाफमा २–० को अग्रता बनाएको इलामले दोस्रो हाफमा दुई गोल खाएको हो । धनगढीले २ गोलले पछि परिसकेको अवस्थामा खेलमा फर्किँदै हार टारेको छ ।
खेलको ४५ औं मिनेटमा इलामका फोडे कमाराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा थपिएको इन्जुरी समयमा ओमार मासादाफी रहिमले गोल गरेपछि इलाम बलियो अवस्थामा पुगिसकेको थियो ।
तर ६९ औं मिनेटमा इलामका खेलाडी इब्राहिमले धनगढीका फोडे फोफानालाई पेनाल्टी एरियामा फल गरेपछि धनगढीले पेनाल्टी पायो । जसलाई रिचर्ड ओसेईले सहजै गोल गरे ।
त्यसपछि ८३ औं मिनेटमा फोडे फोफानाले मैदानको दायाँ भागबाट दिएको क्रसमा आफिज ओलावालेले हेडर गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।
एनएसएलमा धनगढीको यो लगातार दोस्रो बराबरी हो । पहिलो दुई खेल जितेको धनगढीले त्यसपछिका दुई खेलमा बराबरीको नतिजा ल्याएर ८ अंक जोड्दै पोखरासँग अंक बराबरी गरेको छ । गोल अन्तर समेत बराबरी भएपछि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुगेको छ । इलामको भने यो पहिलो बराबरी हो । खेलेका पाँच खेलमध्ये इलामले एउटा खेल जितेको छ भने अरु तीनवटा हारेको छ । ४ अंक जोडेको ऊ लिगको छैटौं स्थानमा उक्लिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments