बजार / रेष्टुराँ : छोटो समयमा बत्तिसपुतलीमा खानपानको संगम स्थल बन्न थालेको हाना बाइट रेष्टुराँ

- मंसिर २३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मेहिनेत, इमान्दारीता र लगनशिलता यी व्यापारीक कार्यको लागि नभई नहुने उत्तम सुत्र हुन् ।
हो यही सुत्रमा बाँधिएर राजधानीको पुरानो बानेश्वर बत्तिसपुतलीमा खानपानको लागि गज्जब स्वाद दिने उद्देश्यले प्रल्हाद सुनुवार, सायोस न्यौपाने र उज्जवल गुरुङको मनमा एक प्रकारको व्यापारीक भाव जागेर आयो ।

सुरुमा त यि तिनै जना सोचमा परेका रहेछन् । तर आपसी सल्लाहले राम्रो साइत जुराई दियो । त्यो साइत नै बत्तिसपुतलीमा अवस्थित हाना बाइट(एक पटकमा चपाउनु) कोरियन नामको रेष्टुराँ खुल्यो । कोरियन नाम भएपनि नेपाली खानाको राम्रै स्वाद चाख्न पाइन्छ हाना बाइटमा ।
आधुनिक व्यापारिक कलाको राम्रो ज्ञान भएका यि तिनै युवालाई स्थानिय स्तरमा यसको प्रयोग गर्नु थियो अहिले यिनिहरुले यही गरिरहेका छन् । नेपाली देखी कोरियन लगायत विभिन्न खानाको राम्रो स्वाद पस्किने हानाले अहिले यस्ता खानाहरुको स्वाद चाख्ने पारखीहरुलाई बत्तिसपुतलीबाट अन्त कतै जानु नपर्ने बनाएको छ ।
हाना बाइटको स्थापनाको मिति त्यति लामो नभए पनि काठमाडौंको हरेक कुनामा रहेका आधुनिक युवायुवतीहरु देखी सम्पूर्ण वर्गलाई खानाको स्वाद दिएर राम्ररी सम्हालिरहेको छ हानाले ।

हाना बाइटमा भेटिएका मुलपानी क्रिकेट ग्राउण्डका एक युवक भन्दै थिए , साताको दुई दिन हानामा नआई अहिले चित्त बुझ्दैन । आफना संगतीहरुको साथमा आउने उनलाई हाना बाइटको हरेक क्रियाकलापले ध्यान खिचेको रहेछ ।
समय समय युवायुवतीहरुको जन्मदिनलाई उत्सवको रुपमा मनाइदिएर हाना बाइटले आफनो कलाको प्रर्दशन गरिरहने बताउँछन् हानाका सञ्चाल प्रल्हाद सुनुवार । भन्छन् , हाम्रो आत्मविश्वास भनेका हाम्रा ग्राहक हुन् त्यसैले ग्राहकको सन्तुष्टि नै हाम्रो सन्तुष्टि ।
जाडो मौसम होस् वा गर्मीको मौसम हाना बाइटको रौनक र खानपानमा कुनै फरक आउँदैन् । अझ अहिले कफिमय बनेको काठमाडौंलाई प्रकार प्रकारका कफी पिलाएर जाडो भुलाउने कार्य पनि गरिरहेको छ ।
कफी देखी विभिन्न प्रकारका स्वादमा आफना ग्राहकहरुलाई भुलाई रहने हाना बाइटको अर्र्को महत्वपूर्ण पक्ष भनेको पुराना हराएका सामानहरुको सो अप पनि हो । आफना ग्राहकहरुको मन भुलाउन हाना बाइट पुराना साम्रागीहरुलाई संकलन पनि गरिरहेको छ ।हाना बाइटमा देखीएको यो बेजोड संगमका कारण खानपान प्रिय जुन सुकै ग्राहकलाई पनि एक पटक बत्तिसपुतलीको हाना बाइटमा नपुर्याई छोड्दैन ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर