काठमाडौंको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै बुटवल लुम्बिनी एफसीको शानदार जित
- मंसिर २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनी एफसीले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सविरुद्ध जित हात पारेको छ । शनिबार भएको खेलमा २–१ को जित निकाल्दै बुटवलले काठमाडौंलाई पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलले २९औं मिनेटमा स्टेफेन बिनोङको गोलबाट अग्रता लिएको थियो । सरोज तामाङले हानेको फ्रिकक बलमा काठमाडौंका गोलकिपर अभिषेक बरालले केही अगाडि बढेर पञ्च गरेका थिए ।
तर पूर्ण रुपमा क्लियर नभएको बलमा जिलेस्पी जंग कार्कीले फितलो प्रहार गरे । त्यो बलमा सिक्स यार्डमा रहेका हानेको बल टचलाइनमा रहेका कुलदीप कार्कीले रोके । रिबाउन्स बल बिनोङकै खुट्टामा लागेर गोलमा परिणत भयो ।
खेलको ६१ औं मिनेटमा एरिक विष्टले अग्रता दोब्बर बनाए । जिलेस्पी जंग कर्कीले दिएको क्रसमा कप्तान विष्टले लेफ्ट फुटेड सट हाने, जुन सहजै गोलमा परिणत भयो ।
खेलको इन्जुरी टाइमका काठमाडौंका राजिव लोप्चेनले गोल गरेपनि टोलीको हार टर्न सकेनन् । केनगुए ओलिभरले दिएको क्रसमा एनकुनगुए जुनियरले हेडर पास दिए, जसमा लोप्चनले निकै राम्रो फिनिसिङ गर्दै गोलमा परिणत गरे ।
जितसँगै ५ खेलबाट ७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौं भने ५ अंकसहित छैटौं स्थानमा छ । लिग लिडर पोखरा थन्डर्सको ८ अंक छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments