गृहमन्त्री श्रेष्ठ अस्पतालबाट “डिस्चार्ज”

- मंसिर २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट “डिस्चार्ज” भएका छन् । शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्य लाभपछि आइतवार “डिस्चार्ज” भएका हुन् ।

यही मङ्सिर १९ गते केन्द्रमा भर्ना भएका उनको मुटुको “एन्जियोप्लास्ट” गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा। अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो ।

मन्त्री श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुगेकी थिईन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर