गुटबन्दीको जालोबाट निस्कन सकेन काँग्रेस : शेखरले बोलाए आफू पक्षीय नेताको बैठक

- मंसिर २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनइतरका नेताहरुको बैठक बोलाएका छन् । मंगलबार (मंसिर २६ गते ) दिउँसो बस्ने गरि बैठक बोलाइएको नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । दिउँसो एक बजे बस्ने बैठकको स्थान भने तय नभइसकेको उनले बताए ।

‘समूहको बैठक नबसेको धेरै भएको थियो । महासमिति बैठक अघि एकपटक बसौं भनेर अनौपचारिक बैठक राखेका हुन,’ थपलियाले भने ।

बैठकमा आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभापतिहरु लगायतलाई बोलाइएको छ । ‘महामन्त्री गगन थापाले पनि आउँछु भनेका छन् ,’ थपलियाले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर