यू-१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित,सकियो सेमिफाइनलको सम्भावना
- मंसिर २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । आइतवार अफगानिस्तानसँगको खेलमा नेपाल ७३ रनले पराजित भयो ।
अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर १ बलमा १ सय ८८ रनमा अल आउट भयो । नेपालका अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन जोड्न सकेनन् । नेपालका कप्तान देव खनाल २४, गुल्शन झा १७, दीपक बोहरा १५, दिपेश कँडेल ११, सुवाश भण्डारी ८, उत्तम मगर ४ तथा विपिन रावल, आकाश त्रिपाठी र हेमन्त धामी शून्य रनमा आउट भए । बलिङतर्फ अफगानिस्तानका फरिदून दवूदजाई र नसिर खानले समान ३ तथा मोहम्मद युनुसले २ विकेट लिए ।
यसअघि दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भयो । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १ सय ५२ बलमा १ सय ६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अब नेपालले समूहको अन्तिम खेलमा पर्सि मङ्गलवार भारतसँग खेल्नेछ । यो खेल आईसीसी एकेडेमी ओभल–२ मा बिहान सवा ११ बजे शुरु हुने छ ।
प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह “ए” मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह “बी” मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।
मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह “ए” को विजेता र समूह ुबीु को उपविजेता तथा समूह “बी” को विजेता र समूह “ए” को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments