•  ११ पुष २०८१, बिहीबार

एनएसएल फुटबल : चितवनलाई ३-१ गोल अन्तरले पराजित गर्दै ललितपुरले शीर्ष स्थानमा कब्जा जमायो

- मंसिर २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल सुपर लिग ९एनएसएल० मा ललितपुर सिटी एफसीले एफसी चितवनलाई पराजित गरेको छ । चितवनलाई हराएको ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार दशरथ रंगशालामा एफसी चितवनलाई ३(१ गोल अन्तरले हराउँदै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । ललिपुरको जितमा इबु केबले दुई तथा विवेक पौडेलले एक गोल गरे । चितवनका राफिक अमिनोले एक गोल गरे ।

योसँगै ललितपुरले ५ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कब्जा जमायो । चितवन ५ अंक सहित पाँचौं स्थानमा रहेको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर