दाहालको सात महिने कार्यकाल : तीव्र अनुगमन तथा अनुसन्धानको कारण वैदेशिक रोजगार पीडितहरु उत्साहीत

- मंसिर २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

वैदेशिक रोजगार विभागमा महानिर्देशक रुपमा ७ महिनाको कार्य गरेका मदन दाहालले आफनो कार्यकालको अवधिमा गरेका काम कार्वाहीको विवरण सार्वजनिक गरेका छन् । अहिले दाहाल श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका छन् ।
गत जेठ ४ गते वैदेशिक रोजगार विभागमा हाजिर भएका दाहालले सात महिने कार्यकालमा उनले आफ्नो कार्यकालमा २ वटा मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेका थिए ।

एक मेनपावर व्यवसायीको कारबाही भने फिर्ता भएको छ । श्रममन्त्री शरतसिंह भण्डारी समक्ष पुनरावलोकनका लागि परेको निवेदनमाथि छानबिन गर्दै लाइसेन्स खारेजीको निर्णय बदर गरेका हुन् ।
दाहालले आफ्नो कार्यकालमा १६ मेनपावर व्यवसायीलाई निलम्बन गरेका छन् भने ३२ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएका छन् । दाहालको कार्यकाल अवधिमा मेनपावर व्यवसायीबाट ठगिएको भन्दै २६९ उजुरी परेका थिए । जसमा १ सय ६२ मिलापत्र गराइएको छ । मेनपावर व्यवसायीबाट ठगी वापत २ करोड ९२ हजार ६ सय १३ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भुक्तानी गराइएको थियो ।

त्यस्तै व्यक्तिगत रूपमा ठगीको भन्दै ५ सय ९२ उजुरी परेका छन् । जसमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो । ६० मुद्दा अदालतमा दर्ता भएका छन् । भने ६८ मुद्दा मिलापत्र गरिएको छ ।
विभागले इजाजत पत्र प्राप्त संस्था र तालिम प्रदाय संस्थाहरूको दर्ता तथा नवीकरण, नामसारी, ठाउँ सारी, वैदेशिक रोजगारीको सिलसिलामा ठगी परेका, अलपत्र परेका, सम्झौता बमोजिम काम र तलब सुविधा नपाएका कामदारहरूको सम्बन्धमा विभागले उच्च निगरानी राख्दै आएको उनको भनाई छ । विभागले गरेको तीव्र अनुगमन तथा अनुसन्धानको कारण वैदेशिक रोजगार पीडितहरुको उत्साह र मनोबल बढ्दै गएको उनको दाबी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर