•  २५ पुष २०८१, बिहीबार

परराष्ट्रमन्त्री साउद र कतारका प्रधानमन्त्रीबीच भेट, विपिनको रिहाइको पहल गरिदिन अनुरोध

- मंसिर २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

परराष्ट्रमन्त्री एनपी साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग शिष्टाचार भेटवार्ता भएको छ। सोमबार भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन अनुरोध गरेका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको सम्बन्धका आधारमा मानवीय मामिलामा कतार सरकारसँग आशा गरेको बताएका थिए ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमणआदि विषयमासमेत कुराकानी गरेका थिए ।

परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी भएका स्वकीय सचिव जोशीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर