एनएसएलमा काठमाडौंसँग २–१ ले पराजित हुँदै स्तब्ध पोखरा
- मंसिर २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सुपर लिग एनएसएल फुटबलमा पोखरा थन्डर्स पहिला लिएको अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग पराजित भएको छ । काठमाडौंको दशरथ रंथशालामा पोखराले काठमाडौंलाई २–१ ले हरायो । काठमाडौंलाई जिताउन शोखरुले इन्जुरी समयमा गोल गरे । उनले पोखराका किपर प्रिसो अघि बढेको अवस्थामा उनलाई बिट गर्दै प्रहार गरेको बल गोल भएको हो । यसअघि खेलमा ५९ औं मिनेटमा पोखराका मार्की आयुष घलानले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
स्टेफेन कोजो एनोरले हानेको शक्तिशाली प्रहार काठमाडौंका किपर अन्जल श्रेष्ठले बचाउने क्रममा पूर्ण रुपमा रोक्न सकेनन् र रिबाउन्डमा आयुषले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई काठमाडौंले ८३ औं मिनेटमा तोडेको थियो । एनकुनगुए जुनियरले बक्सको एजबाट हानेको प्रहार गोल भएको थियो। पोखराका किपर प्रिसोले बचाउने प्रयास गरे पनि सकेनन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments