•  २५ पुष २०८१, बिहीबार

गाजामा तत्काल मानवीय राहत वितरण गर्न डब्लूएचओका आह्वान

- मंसिर २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ । आइतबार डब्लूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो ।

उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्‍याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ। पारित गरिएको प्रस्तावमा ‘चिकित्सक र स्वास्थ्यकर्मीसहितको मानवीय राहतको तत्काल गाजामा पुर्‍याउनुपर्ने भनिएको छ । सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न आह्वान गरेको प्रस्तावमा ‘सशस्त्र द्वन्द्वका सबै पक्षहरूले सशस्त्र द्वन्द्व र चिकित्सा कर्मचारीहरूमा नागरिकहरूको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत उनीहरूलाई लागू हुने दायित्वहरू पूर्ण रूपमा पालना गर्नुपर्दछ’ भनेर उल्लेख गरिएको छ ।

डब्लूएचओको ७५ वर्षको इतिहासमा कार्यकारी बोर्डको विशेष बैठक यो सातौँ हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर