एमालेको संकल्प यात्रा उदयपुर प्रवेश गर्दै, कोशी प्रदेशमा अवरोध पु¥याउने पहिचान पक्षधरले चेतावनी
- मंसिर २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेको संकल्प यात्रा मंगलबार कोशी प्रदेश प्रवेश गरेसँगै पूर्वको सुरक्षा कडा पारिएको छ । पहिचान पक्षधरले मंगलबारदेखि सो क्षेत्रमा बन्द आव्हान गरेको छ । एमालेको टोली मंगलबार साँझ उदयपुरको घुर्मी पुग्ने भएको छ । सुदूरपश्चिमको झुलाघाटबाट सुरु भएको एमालेको मध्यपहाडी संकल्प यात्रा मंगलबार साँझ कोशी प्रदेश पुग्ने भएको हो ।
एमालेको यात्रालाई कोशी प्रदेशमा अवरोध पु¥याउने पहिचान पक्षधरले चेतावनी दिँदै आएका छन् । उनीहरूले कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका सदस्यसहित कोशी नामकरणको विषयमा असन्तुष्टि राख्ने समूहलाई अवरोध गर्ने बताएका छन् । एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराईसहितका नेताहरू यात्रामा सहभागी भए अवरोध गर्ने उनीहरूले चेतावनी दिएका छन् । ओलीसहितका नेता सहभागी नभए एमालेको कार्यक्रम अवरोध नगर्ने उनीहरुको भनाइ छ ।
एमालेको कार्यक्रममा अवरोध गर्नेगरी पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एमालेको कार्यक्रमलाई लक्षित गर्दै मधेस प्रदेश र वागमती प्रदेशबाट समेत सुरक्षाकर्मी मगाइएको छ ।
मध्यपहाडी सुरक्षा केन्द्रित कार्यक्रमलाई प्रहरीले एमालेको कार्यक्रम समापन हुने दिन पुस २ सम्मै प्रभावकारी बनाइने बताएको छ । कोशी प्रदेशमा उदयपुरको घुर्मीबाट सुरु हुने एमालेको अभियान भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ ।
यसअघि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली विहान सिन्धुलीको खुर्कोट पुग्ने छ । एमाले टोली विहान खुर्कोट पुग्ने एमालेले जनाएको छ । नेकपा एमालेका संस्थापक नेता ऋषिराज देवकोटाको जन्मस्थल खुर्कोटमा ओलीले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
त्यस्तै ओलीले सिन्धुलीमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन र प्रगतिबारे बुझ्ने छ । ओलीले सिन्धुली, उदयपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने ओखलढुंगाको हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments