•  ११ पुष २०८१, बिहीबार

एसीसी यू–१९ एसिया कप : नेपालले लगातार आफ्नो चौथो र पाँचौँ विकेट गुमायो

- मंसिर २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो चौथो र पाँचौँ विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रुपमा कप्तान देब खनाल पेभेलियन फर्किएका हुन् । उनी १० बलमा दुई रन बनाउँदै आउट भए ।
उनलाई भारतीय बलर राज लिम्बानीले अराभेली अवानिसद्वारा क्याच गराएका थिए ।
राजले लिएको यो तेस्रो विकेट हो । देब आउट हुँदा नेपालले ८.५ ओभरमा १७ रन बनाएको छ । त्यसलगत्तै अर्को बलमा नेपालले पाँचौँ विकेट गुमाएको थियो । पाँचौँ विकेटका रुपमा दीपक डुम्रे शून्य रनमै आउट भएका थिए । उनको विकेट पनि राज लिम्बानीले लिएका थिए । उनले दीपकलाई बोल्ड गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर