एमालेको संकल्प यात्रा अवरोध : उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म पूर्व मन्त्री किराँती सहित १० जना प्रहरी नियन्त्रणमा
- मंसिर २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसमेत रहेका छन् ।
किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ । पक्राउ परेका किरातीले सुरक्षा व्यवस्थालाई खलल नपुगोस् भनेर आफु प्रहरीको गाडीमा चढेको प्रतिक्रिया दिएका छन् ।
कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुदैछ । यसैबिच एमाले कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments