यू-१९ एसिया कप : पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट
- मंसिर २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
तीव्र गतिका बलर राज लिम्बानीले एक्लै ७ विकेट लिएपछि नेपाल एसिसी यू१९ एसिया कपमा भारतसँग ५२ रनमा अल आउट भएको छ । आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भयो
नेपालका कुनैपनि खेलाडीले भारतीय बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए । नेपालका देव खनाल र गुलशन झा क्रिजमा छन् । नेपालका ओपनर दीपक बोहरा १ रनमा क्याच आउट भए । तीव्र गतिका बलर राज लिम्बानीको बलमा एज लागेर क्याच आउट हुन पुगेका थिए । विकेटकिपर उत्तमथापा मगर राजकै बलमा शून्यमा बोल्ड भए । इनस्वींग बल चाल नपाउँदा उनी बोल्ड आउट भएका थिए ।
अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट भएका थिए । कप्तान देव खनाल नवौं ओभरमा २ रनमा क्याच आउट भए । राजको नवौं ओभरको पाँचौं बलमा देव एज लागेर विकेटकिपर अरवेली अवानिशबाट क्याच आउट भए । लगत्तै अर्को बलमा दीपक डुम्रे बोल्ड आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्किएका छन् ।
भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९.१ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ७ विकेट लिए । शुक्लाको नाममा २ विकेट रह्यो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । नेपाल आजको खेलमा पराजित हुँदा समूह चरणबाटै बाहिरिनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments