गौशलाको डान्सबारमा लुटपाट : सुरक्षाको जिम्मा लिएर बसेकाहरु नै विभिन्न अनैतिक साँठगाँठमा जोडिन थाले
- मंसिर २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालमा पर्यटन प्रर्वद्धन गरेर पर्यटनको माध्यमले देशको आर्थिक उन्नतिको हिस्सा तयार पार्नु पर्नेमा अहिले देशको सुरक्षा लिएर बसेकाहरु नै विभिन्न अनैतिक साँठगाँठमा जोडिन थालेका छन् ।
जसको पछिल्लो उदाहरण हुन् गौशाला प्रहरीका वृत्तका प्रहरी नायव उपरिक्षक (डिएसपी) केशब थेबे । केही अगाडी मात्र गौशलामा डिएसपीको रुपमा पदभार ग्रहण गरेका थेबे अहिले कमाउ धन्दामा लागेको बिषय अहिले बृत्तमा चर्चाको बिषय हुन् थालेको छ ।
डिएसपी थेबे माथि अहिले एक भारतीय समूहलाई लुटपाट गर्ने गिरोहलाई उन्मुक्ति दिएको भन्ने आरोप छ । । गत १ मंसिरमा नाइट क्विन डान्सबार एण्ड रेष्टुरेन्टमा नेपाल घुम्न आएका ६ जना भारतीय लुटिएका थिए । तर, त्यसमा संलग्न डान्सबार सञ्चालक, युवती लगायतलाई उन्मुक्ति दिएर प्रहरीले एक कर्मचारीलाई मात्र मुद्दा चलाएको थियो ।
सोही बिषयमा डान्सबारका सञ्चालक अमित खड्का र डिएसपी थेबे बिच हिमचिम रहेको पनि खुल्न आएको छ । भनि राख्नु पर्ने बिषय नभए पनि गौशाला क्षेत्रमा सबैभन्दा धेरै ठगी यस्ता डान्सबारमा हुने गरेका छन् । तर प्राय डान्सबार सञ्चालकले गौशाला वृत्तमा डिएसपीको रुपमा जो आएपनि सेटिङ मिलाएका हुन्छन् । खड्काको केसमा किटानी जाहेरी पर्दा पनि उनले सहजै उन्मुक्ति पाउनुलाई नौलो विषयको रुपमा लिइदैन् ।
६ जना भारतीयको एक लाख ७५ हजार भारतीय रुपैयाँ लुटिएको घटनामा खड्काविरुद्ध समेत जाहेरी परेको थियो । गौशाला वृत्तले डान्सबारका एक कर्मचारी खेमसिंह भण्डारीलाई मात्र पक्राउ गरी मुद्दा दायर गरेको छ ।
उनीहरुलाई डान्सबारमा लगेर युवतीसँग राखी बियर पिलाई लुटपाट गरिएको थियो । युवतीलाई दुर्व्यवहार गरेको मुद्दामा फसाइदिने भन्दै खाताबाटै पटक–पटक पैसा हाल्न लगाएर लुटिएको थियो। जसको प्रमाण नै भारतीयहरूले पेस गरेका छन् ।
गौशाला वृत्तका एक प्रहरी अधिकृतका अनुसार भारतीय नागरिक पारस रामसाहुले भण्डारीसहित सञ्चालक खड्का, विपना राई, प्रतिभा चौधरी, सिद्धार्थ मगर लगायतविरुद्ध किटानी जाहेरी दिएका थिए ।
उनीहरूको ठेगाना नखुलेको भन्दै गौशाला वृत्तले उन्मुक्ति दिएको हो । पक्राउ परेका भण्डारीको बयानमा पनि यसमा अरूको संलग्नता नरहेको भनेर भन्न लगाइएको छ । ‘यस्तो गम्भीर अपराधमा बयानमा समेत सेटिङ गरेर सञ्चालक र अन्यलाई उन्मुक्ति दिइएको छ,’ वृत्तका एक प्रहरी अधिकृतका अनुसार ,‘ सञ्चालकको ठेगाना डान्सबारको कम्पनी दर्ताको प्रमाणपत्रमै राखिएको छ ।’ गौशाला र चाबहिल क्षेत्रका अन्य डान्सबारमा पनि यस्तो किसिमको लुटपाट बढेको छ । डिएसपी थेबे सँगको सेटिङकै कारण यस्तो धन्दा मौलाएको बताउँछन् डान्सबारका सञ्चालकहरु नै ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments