कासिन न्यूज,
काठमाडौं ।
सेयर बजारको परिसूचक नेप्से मंगलबार ३६.८६ अंकले बढेको छ । यो वृद्धिपछि नेप्से १९८५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने केही घटेको छ । सोमबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ को घट्यो भने ४ को स्थिर रह्यो ।
यस दिन सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्यो । जीवन बीमा, फाइनान्स, जलविद्युत् समूह पनि ३–३ प्रतिशतभन्दा धेरै बढे ।
अंकका आधारमा बैंकिङ २, विकास बैंक ६५, फाइनान्स ५५, होटल तथा पर्यटन २२८, जलविद्युत् ६९, जीवन बीमा ३३३, उत्पादन १२३, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २५६, अन्य ३८ र व्यापार ६० ले अंक बढे ।
धेरै रकमको कारोबार हुनेमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र सोल्टी होटल क्रमशः अगाडि रहे ।
बजार बढ्दा पनि सीवाईसी लघुवित्तको ५ र सिंगटी हाइड्रोको ४ प्रतिशत मूल्य घट्यो । बोटलर्स नेपाल (बालाजु), धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्सको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्त, त्रिशुली जलविद्युत्, दोल्ती पावरको मूल्य ९.९ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङ, साधना लघुवित्त, हाथवे इन्भेस्टमेन्टको मूल्य ९ प्रतिशत बढ्यो । शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, मकर जितुमाया, इमर्जिङ नेपाल, युनाइटेड इदी मर्दीको मूल्य ८ प्रतिशत बढ्यो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments