नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइदिने भन्दै ठग्ने ट्राभल्स सञ्चालकहरु प्रहरीको फन्दामा
- मंसिर २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइदिने आश्वसन दिदैँ ठग्ने ट्राभल्सका सञ्चालकलाई प्रहरी पक्राउ गरेको छ । काठमाडौंमा सञ्चालनमा रहेका ६ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा ट्राभल्स सञ्चालकहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो ।
पक्राउ पर्नेमा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोज कुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका राम प्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी ट्राभल्सका भक्त बहादुर थापा छन् ।
एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पनि पक्राउ गरेको छ । सो प्रकरणमा हालसम्म २१ जना पक्राउ परेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments