शहरी सौन्दर्यता कायम राख्न : सुर्तीजन्य पदार्थ किनबेचमा राेक, सादा पोसाकका नगर प्रहरी परिचालन
- मंसिर २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध कार्यान्वयन गर्न पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरका विभिन्न ४ क्षेत्रमा १० जनाको दरले प्रहरी परिचालन गर्ने र सादा पोसाकका प्रहरीले समेत अनुगमन गर्ने जानकारी दिएको छ । पछि आवश्यकता अनुसार थप नगर प्रहरी परिचालन गर्ने महानगरले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए ।
कसैले यसविरुद्ध गइ सुर्ति बेचबिखन गरे नगर प्रहरीलाई यसबारे सूचना दिनसमेत आग्रह गरेको छ । महानगरको जनस्वास्थ्य ऐन २०८० को दफा ४२, सुर्तिजन्य पदार्थ (निरुपण तथा नियमन) ऐन २०६८ को दफा बमोजिम यस्तो प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । महानगरले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्नका लागि सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ ।
महानगरले मंसिर २८ गतेदेखि सुर्ति सेवनका निम्ति उत्पादित कच्चा सुर्ति, खैनी, गुट्खा, सुर्तिमाथि प्रतिबन्ध लगाउने जनाएको छ । साथै सोही दिनबाट सार्वजनिक स्थलको एक सय मिटर वरीपरी धुम्रपान गर्नसमेत प्रतिबन्ध लगाइएको छ । महानगरले यस निर्णय कार्यान्वयनका लागि हरेक पसलमा अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बेचेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पसल नै बन्द गर्ने महानगरले जनाएको छ । सार्वजनिक स्थलमा धुम्रपान गरेमा त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तिराइने पनि महानगरले जानकारी दिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments