हाम्रो छिमेकमा :संसदको सुरक्षामा गम्भीर लापरबाही – संसद भवन र आसपासको सुरक्षा व्यवस्था कडा
- मंसिर २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बुधबार भारतीय संसदको सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै त्यहाँको लोकसभा सचिवालयले कम्तीमा सात जनालाई निलम्बन गरेको छ।निलम्बनमा पर्नेहरूमा रामपाल, अरविन्द, वीर दास, गणेश, अनिल, प्रदीप, विमित र नरेन्द्र रहेका छन्।
बुधबारको घटनापछि संसद भवन र आसपासको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। संसद परिसर बाहिर प्रहरी ब्यारिकेडहरू जडान गरिएको छ।
बुधबारको घटनापछि आज गृहमन्त्री अमित शाह पनि संसद भवन पुगेका छन्।गृह मन्त्रालयले घटनाको अनुसन्धानको लागि केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का महानिर्देशक अनिश दयाल सिंहको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ।छानबिन समितिले संसदको सुरक्षामा भएको कमजोरी र त्यसको कारण पहिचान गरी छिट्टै सुधारका लागि मन्त्रालयलाई प्रतिवेदन बुझाउने बताइएको छ।
बुधबार लोकसभाको दर्शकदीर्घाबाट दुई जना व्यक्ति सांसद् बस्ने ठाउँमा हामफालेका थिए। उनीहरू सांसद् बस्ने कुर्सीमाथि हिँडिरहेका थिए भने भवनमा धुँवासमेत देखिएको थियो।
लगत्तै प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। यो घटनापछि विपक्षी दलका सांसदहरूले सरकारको चर्को आलोचना गर्दै संसद भवनमा गम्भीर सुरक्षा चुक भएको बताएका छन्।
एजेन्सी
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments