रामसीता विवाह महोत्सव : तेत्रा युगमा भगवान श्रीरामले धनुष भाँचेर सीतासँग विवाह गरेको सम्झनामा धनुषयज्ञ
- मंसिर २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
जनकपुरधाम ।
मिथिलाञ्चलका धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार धनुषयज्ञ मनाइएको छ । तेत्रा युगमा भगवान श्रीरामले धनुष भाँचेर सीतासँग विवाह भएको धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको हुदाँ भगवान् रामको प्रतिकात्मक रुप धारण गरेका बालबालिकाहरूले पनि धनुष भाँचेर धनुषयज्ञ मनाइँन्छ ।
रामायणमा वर्णन गरिएअनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए । राजा जनकले धनुष उचाल्ने महाशक्तिशालीसँग मात्र छोरी सीताको विवाह गर्ने निधोका साथ धनुषयज्ञ आयोजना गरे । यसमा शक्तिशाली राजा र राजकुमारहरू सहभागी भए पनि कसैले धनुष हल्लाउन सकेनन् ।
अन्त्यमा, आयोध्याबाट आएका दशरथ पुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर प्रत्यन्जा लगाउन थालेपछि तीन टुक्रा भएको रामायणमा उल्लेख छ । धनुषका तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ ।
यसअघि बुधबार फुलवारी लिला र मंगलबार नगरदर्शन कार्यक्रम सम्पन्न भएको थियो । तेत्रा युगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीताबीच वैवाहिक बन्धनमा बाँधिएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुल्क पञ्चमीमा जनकपुरधामामा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments