तेह्रथुम पुगेर एमाले अध्यक्ष ओलीले भने : हामीले चुनावमा भोट दिएर जिताई पठाएका शासकहरु अहिले के गर्दैछन् ?
- मंसिर २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन् । बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नताबिना बेचिन नसक्ने दाबी गरे ।
उनले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए । उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको दाबी गरे । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेल गरेर बेच्न लागेको उनको टिप्पणी छ । उनले नागरिकहरुले सरकारको संलग्नता छ भने पनि सरकार बोल्न नसकेको बताए ।
उनले भने, ‘हामीले चुनावमा भोट दिएर जिताई पठाएका शासकहरु के गरिरहेका छन् अहिले । क्वीन्टलका क्वीन्टल सुन एयरपोर्टबाट भित्रिन्छ । कति किलो सुन सिग्रेट भनेर भित्रिन्छ । कति किलो दिनैपिच्छे तस्करी भइरहन्छ । यस्तो कति हो कति तस्करी भइरहन्छ ।’
अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको बताए । उनले यस्तो सरकार ढल्नैपर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments